सुमेरु बालिका स्वास्थ्य शिक्षा कार्यक्रम ।

१ पुस २०७८, धापाखेल

सुमेरु अस्पतालले मिति २०७८ पुस १गते ललितपुर धापाखेलस्थित श्री कृष्णमा.वि.मा एक दिवसीय बालिका स्वास्थ्य शिक्षा कार्यक्रम सम्पन्न गरेको छ । कक्षा ८,९ र १० मा अध्ययनरत ८० जना बालिकाहरुलाई महिनावारी स्वास्थ्य (Menstrual Hygiene) लगायतका बालिका स्वास्थ्यका बिषयहरुमा चेतनामुलक कार्यक्रम संचालन गरेको छ । कार्यक्रममा महिनावारी स्वास्थ्य तथा उत्पन्न समस्याहरु लगायत विविध पक्षहरुमा सुमेरु अस्पतालका बरिष्ठ महिला तथा प्रसूति रोग बिशेषज्ञ डा.अचिरा चतुरवेदीले प्रस्तुतिकरण मार्फत शिक्षा कार्यक्रम संचालनगर्नु भएको थियो ।
सुमेरु अस्पताल धापाखेलले यस पूर्व पनि धापाखेलस्थित कल्याण स्कूलका ११० बालिका लाभान्वित हुने गरी कार्यक्रम सम्पन्न गरिसकेको र आगामी दिनमा ललितपुरका ४० बिद्यालयहरुमा गई बालिका स्वास्थ्य कार्यक्रम संचालन गर्ने योजना बनाएको ब्यहोरा अस्पतालका प्रशासन प्रमुख दिनेश आचार्यले जानकारी गराउंनु भएको छ ।
सामाजिक उतरदायित्व (Social Responsibility) अन्तर्गत सुमेरु गु्रपले गर्दैआएको कार्यक्रमहरु मध्ये यो कार्यक्रम नविन हो जुन हरेक हप्ताको बिहिबार सुमेरु अस्पतालमार्फत संचालन गरिने र ललितपुरका झण्डै ४ सयदेखि ५ सय बालिकाहरु लाभान्वित हुने लक्ष्य लिइएको सुमेरु ग्रुपले जनाएको छ ।

Leave A Reply

Your email address will not be published. Required fields are marked *

Skip to toolbar