डायलासिसभन्दा मृगौला प्रत्यारोपण  नै उपयुक्त

पछिल्लो समय नेपालमा मृगौला रोगको समस्या जटिल बन्दै गइरहेको छ । नेपालमा कूल जनसंख्याको १० प्रतिशत अर्थात् करीब ३० लाख मानिसमा कुनै न कुनै रुपमा मृगौलाको समस्या रहेको विभिन्न अध्ययन अनुसन्धानहरुले देखाएको छ । यीमध्ये तीन लाख मानिसको मृगौला बिग्रिरहेको छ । हरेक वर्ष नेपालमा मृगौलाका ३ हजार नयाँ बिरामीहरु थपिने गरेका छन् । यस्तै, ४ हजारभन्दा बढी नयाँ डायलासिस गर्नेहरु थपिने गरेका छन् । कतिपयको जीवनभरको कमाइ र घरजग्गा नै उपचारमा सकिएको छ । कतिको उपचारका कारण घरबारविहीन हुनुपर्ने मात्र भएको छैन विरामीको उपचार नै असफल भएका घटनाहरु हामी गाउँघरमा देख्न र सुन्न पाउँछौं । सोही कारण स्वस्थ भएपनि कम्तिमा वर्षको एकपटक मृगौला जाँच गर्न सर्वसाधारणलाई नेफ्रोलोजिस्ट डा. संजीव आचार्यले आग्रहसमेत गरेका छन् । यसै सेरोफेरोमा रहेर डा. आचार्यसँग खोजतलास साप्ताहिकका लागि राजु बस्नेतले गरेको संक्षिप्त कुराकानी ः
० मृगौला रोग कस्तो किसिमको रोग हो ?
मृगौला मानव शरीरको एउटा महत्वपूर्ण अंग हो । मृगौला रोग विभिन्न किसिमले हुन्छ ।
(क) अल्पकालिन रोग वा दिर्घकालिन रोग
(ख) लक्षणसहित वा लक्षण विहिन
(ग) साधारण उपचारमा निको हुने वा जटिल उपचार चाहिने ।
० मृगौला खराब हुनुको कारण के हुन सक्छ ?
— मधुमेह -Diabetes Mellitus_
— उच्च रक्तचाप -Hypertension_
— ग्लोमेरुलोनेप्राइटिस -Glomerulo Nephritis_
— संक्रमण -Infection_
— पानी फोकाको बंशाणुगत रोग -Polycystic kidney disease_
— मृगौलाको पत्थरी -Renal calculi_
— इन्टेस्टिसीयल नेफ्राइटिस (Intestitial Nephritis)
— ट्यूमर (Tumour)
— भास्कुलाइटिस -Vasculitis_
—पाइलोनेफ्राइटिस -Pyelonephritis_
० मृगौला कस्तो अवस्थामा प्रत्यारोपण गर्नुपर्ने हुन्छ ?
मृगौलाको दीर्घ रोग लागेर -CKD Stage V -Chronic Kidney Disease Stage Five_, सिकेडी स्टेज फाइभ पुगेपछि प्रत्यारोपण गर्नुपर्ने हुन्छ ।
० दुबै मृगौला पूर्णरुपमा ड्यामेज भएको खण्डमा डायलासिस र प्रत्यारोपण कुन गर्दा उपयुक्त हुन्छ ?
डायलासिस वा प्रत्यारोपणमा हामीले छान्नुपर्दा गर्न मिल्ने छ वा सकिन्छ भने प्रत्यारोपण उपयुक्त हो ।
० मृगौला प्रत्यारोपणपछि कस्ता कस्ता जोखिमहरु आइपर्न सक्छन् ?
मृगौला प्रत्यारोपणपछि शरीरले रिजेक्सन -Graft Rejection_ नगरोस् भनेर २ -३ थरी इम्युनो सप्रेसेन्ट औषधि जिवनभर खानुपर्छ  Immuno Suppresent को रगतको लेवल -Blood Level_ बेला बेलामा जाँच गराउनुपर्छ, औषधीको मात्रा मिलाउनुपर्छ ।
— Immuno Suppresants  ले शरीरको इम्युनिटी घटाउने हुन्छ । संक्रमणको जोखिम हुन्छ, यसले Blood Pressure, Blood Sugar बढाउन सक्छ ।
— Tumor / Malignancy  को जोखिम हुन्छ ।
० मृगौला बचाउ अभियानको कुरा के हो ?
मृगौला बचाउ अभियान एउटा गैरनाफामूलक संस्था हो । यसको उद्देश्यहरु निम्नानुसार छन् ः
— मृगौला सम्बन्धी जनचेतना जगाउने
— निःशुल्क मृगौला परिक्षण शिविर विभिन्न स्थानहरुमा संचालन गर्ने
— मृगौला रोग उपचारमा सहयोग पु¥याउने
“Prevention is beter than cure”
दिर्घ मृगौला रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नदिन जनचेतना फैलाउने र सुरुवाती अवस्थामा नै रोगको पहिचानमा मद्दत गर्ने ‘मृगौला बचाउ अभियान’ को लक्ष्य हो ।
० नेपालमा डायलासिस रोगको अवस्था कस्तो छ ?
विगतको तुलनामा केही सेवामा विस्तार र थोरै सहज भए पनि दिनानुदिन दीर्घ रोगका विरामी बढेका छन् । पूर्वदेखि पश्चिमसम्म विरामी छन् । धेरै जिल्लामा डायलासिस सेवा छैन । भएको ठाउँमा पनि पर्याप्त छैन । सरकारले प्रत्येक जिल्ला अस्पतालमा डायलासिस सेवा विस्तारको सुनिश्चितता गर्नुपर्छ ।
० कोरोना भाइरसको दोस्रो लहरले मृगौला रोगीलाई धेरै नै असर पारेको पाइयो, के कारणले यस्तो अवस्था आएको होला ?
दीर्घ मृगौला विरामीको रोगसँग लड््ने क्षमता कम हुन्छ, यसले COVID 19 को जोखिम र Complication बढ्छ ।
— नियमित चेकजाँच र औषधी खानुपर्ने विरामीले लकडाउन र Covid Infection  को जोखिमको कारणले अस्पतालमा नियमित जाँच गर्न सकेका छैनन् ।
— नियमित हेमोडायलासिस गर्नुपर्ने विरामीले हप्ताको २—३ पटक अस्पताल जानुपर्ने बाध्यताले Covid Infection को जोखिम बढेको छ ।
— साथै कतिपय विरामीले लकडाउनकै कारणले नियमित छुटाउन नहुने औषधी खरिद गर्न नपाएको र सेवन नगर्नाले समस्या बढेको छ ।
० विशेष गरी कुन उमेर समूहमा मृगौला रोग बढी देखापर्छ ?
मृगौला रोग बच्चादेखि बुढासम्म जुनसुकै उमेर समूहमा देखा पर्न सक्छ । त्यसैले सबै उमेर समूहले रोग लागे पनि नलागे पनि वर्षको एकपटक आफ्नो मृगौलाको अवस्था कस्तो छ, केही समस्या छ कि छैन भनेर जाँच गर्नुपर्छ । लक्षण नभए पनि जाँच गर्नुपर्छ ।
० महिला र पुरुषमध्ये कसलाई बढी मृगौला रोग देखा पर्छ ?
पुरुष र महिला दुबैमा मृगौला रोग उत्तिकै लाग्न सक्छ । SLE -Lupus Nephritis रोग चाहिँ धेरै जसो करिब असी प्रतिशत महिलामा देखा पर्छ र बिस प्रतिशत पुरुषमा देखा पर्छ ।
० मृगौला कस्तो अवस्थामा पुगेपछि डायलासिस वा प्रत्यारोपण नै गर्नुपर्छ ?
दीर्घ मृगौलाको रोग लागेर मृगौलाको काम गर्ने क्षमता धेरै कम छ भने डायलासिस वा प्रत्यारोपण गर्नुपर्छ ।
— हामीले विरामीको सेरम क्रियाटिनीन (Serum Creatinine_, लिङ्ग र उमेरको आधारमा EGFR (Glomerular Filtration Rate_ निकाल्छौं ।
— EGFR  15 भन्दा कम  छ भने ] CKD Stage V  भन्छौं ।
— CKD Stage V छ को विरामीलाई डायलासिस वा प्रत्यारोपण गर्नुपर्छ ।
० सुमेरु अस्पतालले मृगौला प्रत्यारोपण सुरु गरेको थियो, कोरोना भाइरस महामारीका कारण रोकियो, अब कहिलेबाट सुरु हुन्छ ?
सुमेरु अस्पतालले अब मृगौला प्रत्यारोपण फेरि सुरु गर्ने सबै तयारी गरेको छ । अब हामी फेरि प्रत्यारोपण गर्न तयार छौं । प्रत्यारोपण गर्न चाहने विरामीले अस्पतालमा सम्पर्क गर्न सक्नु हुन्छ ।

Leave A Reply

Your email address will not be published. Required fields are marked *

https://vecgllc.com/ https://starworksllc.com/solutions/ https://pipltd.ie/about-us/ https://www.harborcrossconstruction.com/ https://hamburgtechnic.com/quality-assurance/ https://fitzpatrickandco.ie/ https://olemadrid.es/catering/ https://limbuwanstudies.org/introduction/ https://kathmanducodex.com/ https://hakahaki.org/np/ https://chhutoffer.com/ https://nakshetra.com.np/ https://www.namunamachhindra.edu.np/ https://sumeruhospital.org.np/ https://prakritipress.com/ https://clubepremiere.com.br/quem-somos/ https://courtroomlaw.com/catholic-church-sexual-abuse/ https://dsrealtyconsulting.com/about/ https://www.hhvividcolors.com/about-vivid/ https://himachalroofing.in/our-profile-designs/ https://lyowefa.org/about-us/ https://medicaltechlondrina.com.br/servicos/ https://sushascafe.com/menu/ https://stichtingunityvibes.nl/contact/ https://vsdiesel.com.br/ https://perpus.attaqwabws.ac.id/frequently-asked-questions/ https://pmb.attaqwabws.ac.id/krs/ https://www.sebavedomie.com/ https://progressprojectau.com/premium-support/ https://iconnectnet.com/ https://galvanization.pk/ https://saachiinternational.com/ https://alampatalogistics.com/ https://ambadgroup.com/ https://beautycoursespune.com/ https://cinerafilms.com/ https://compressjpegs.com/ https://dadabhapkar.com/ https://corporaterealestatesolution.com/ https://digivisitingcard.com/ https://dksil.com/ https://27wede303.xyz/ https://19jokers4d.xyz/ https://dksil.com/ https://www.eyemartindia.com/ https://kbgroup.in/ https://zielacademy.com/ https://safeindiahitech.com/ https://orchidfacility.com/ https://mycounsellingwala.com/ https://sphere-ltd.ru/elborovyj-instrument/ menu https://goldenspoonafricancuisine.com/our-menu/ https://samscompany.cz/ https://mtech.net.br/ https://kvalitnyrum.sk/ https://bodyskal.cz/ https://www.alkobar.cz/ https://www.alkohol-havirov.cz/ https://www.firstfloor.cz/ https://megaled.hu/ https://www.gyermekzug.hu/ https://www.septiky.sk/ https://www.chalupatoscana.sk/ https://amatab.com/fr/ https://sportpromax.com/ https://meubleszitouna.com/ https://elborjprod.com/ https://ignite-digital.net/ https://sendex.online/ https://socoprod.com/ https://lakazart.com/ https://masterkeyservices.com/ https://paje-studio.com/ https://www.colinaurbanismo.com.br/ https://www.montrealmoving.co/ https://goodparty.ca/ https://www.koconstruct.com/ https://pupsinprogress.com/ https://www.lovishealing.com/ https://griffithsandgriffiths.co.za/ https://outsource-sa.co.za/ https://spirotechminingservices.co.za/ https://www.cargodepot.mx/ https://aquapowerindustrial.com.au/ https://lavina.com.mx/ https://promesaeducativa.org/ https://apiceac.com/residencial/ https://escaladelnorte.mx/es/ restauranteclamar vafi theutvshopep strangerthemes stay-fit replicalt quantumwareinc posgradoitch ponteindustrial ponderosa mobile-mojo offgrid pharma-lifescience up-time ethosburolegal fundaciongrupobafar futbolprogrambafar gruporuan jpayala gruposiee mixen petscarejuarez path-rover damonfamily bimersmotorcars cavebranchtours smartchoiceuae mbekani tallshiphaulers altecxes frontiereadvisory geogodservices top111